25, Sep, 2023

भोलि निर्धारित ड्रेस कोडमा सदनमा उपस्थित हुन सांसदहरूलाई सभामुखको निर्देशन

बागमती भ्वाइस न्युजडेस्क
४ जेष्ठ २०८०, बिहीबार १५:४३ | ४ महिना अगाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

भोलि अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने सभामुख देवराज घिमिरेले बताए ।

उनले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम भएकाले ३:४५ बजे नै तोकिएको ड्रेस कोडमा संसदमा आइपुग्न निर्देशन गरे ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने बताए ।

४ जेष्ठ २०८०, बिहीबार १५:४३ मा प्रकाशित