04, Oct, 2023

अबदेखि हरेक चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ : शेखर कोइराला

बागमती भ्वाइस न्युजडेस्क
३ जेष्ठ २०८०, बुधबार १३:१४ | ४ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।

अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।

बुधबार प्रजातान्त्रिक बिचार समाजको २५ औं साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुपर्ने बताएका छन् ।

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताए । ‘जुनसुकै दल वा जुन तहका ब्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ’ उनले भने ।

३ जेष्ठ २०८०, बुधबार १३:१४ मा प्रकाशित