
काठमाडौँ । साहित्यिक पत्रकारिताको उन्नायनमा समर्पित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै कुलपति राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताउनुभयो । साथै ,साहित्यिक पत्रिकालाई प्रदान गर्दै आएको वार्षिक अनुदानलाई निरन्तरता दिने र विधिवत रूपमा दर्ता भइ सञ्चालनमा रहेका साहित्यिक अनलाइन पत्रिकालाई समेत समेट्न प्रयत्नरत रहेको बताउनुभयो ।
यस अवसरमा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभा,सदस्य सचिव डा.धनप्रसाद सुवेदी ,प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, डा . कृष्णराज अधिकारी , बाबा बस्नेत, अगिब बनेपाली ,राजन मुकारुङ. अमर न्यौपाने, डा.कौशिला रिसाल र हंसावतीकुमारी कुर्मीको उपस्थिति रहेको थियोे ।
यसक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी ,उपाध्यक्ष बालिका गिरी ,महासचिव चेतनाथ धमला, सचिव होमशङ्कर बास्तोला,कोषाध्यक्ष सूर्य लाकोजूले आअाफ्नो धारणा राखेका थिए।यसैक्रममा सङ्घका केन्द्रीय सदस्य डा.शैलेन्दु नेपाल,गायत्रीकुमार चापागाईं, अर्जुन तामाङ,नानीमैयाँ अधिकारी ,डा शैलेन्दुप्रकाश नेपाल ,जगत वाशिष्ठ लगायतका केन्द्रीय सदस्यको उपस्थिति थियोे ।
यस प्रतिनिधि मण्डलमा साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला, लोकभावनाका प्रबन्धक रमणलाल समेतको सहभागिता थियोे ।