03, Oct, 2024

नागरिक अगुवा पाण्डे र पहाडीले गृहमन्त्रीलाई भने, ‘हाम्रो साथ छ’

Bagmati Voice
संवाददाता
३ जेष्ठ २०८०, बुधबार ०९:१६ | १ साल अगाडी

काठमाडौं । नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

उनीहरूले मंगलबार गृहमन्त्री श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको एक्सनलाई समर्थन र बधाई दिंदै उनीहरूले थप अपेक्षाका साथ नागरिक खबरदारीसमेत गरेका थिए ।

गृहमन्त्रीको सचिवालयका अनुसार दुवै जनाले सरकारको पछिल्लो कदमले केही खुसी दिलाएको भन्दै थप अपेक्षा र विश्वास रहेको बताएका थिए ।

३ जेष्ठ २०८०, बुधबार ०९:१६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading