
काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा १० दलीय गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा जेठ ५ गते सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रमका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
बैठकमा सरकारले जेठ १५ गते ल्याउने आगामी वर्षको बजेट, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सो गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध छन् ।