
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) माग गरेकोको छ।
चुनावी प्रतिबद्धता अनुसार विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनका लागि सीइओ माग गरेको रास्वपाले जनाएको छ । जेठ १५ गतेभित्र दरखास्त आह्वान गर्न भनेको छ।
यसको सुरुवात गत पुस ८ मै गरेको भएपनि विशेष कारणवश अगाडि बढाउन नसकेको सो पार्टीले उल्लेख गरेको छ।
रास्वपाले भनेको छन्, ‘अब त्यसलाई फेरि सुरु गर्ने बेला आएको छ। विदेशमा रहनुभएका व्यवस्थापनमा दक्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। कार्यकारी अधिकृत सीइओ भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित नेपाल भित्राउन हामी इच्छुक छौ।’
चितवनलाई कर्म क्षेत्र बनाएर काम गर्न चाहनेले इमेलमार्फत सीभी पठाउन पार्टीले आग्रह गरेको छ।
पहिले पनि दरखास्त आह्वान गरिसकेको भएकाले पहिल्यै सीभी पठाएकाहरूको स्वतः मान्य हुने जनाएको छ।