16, Jul, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सुरु,केन्द्रीय सदस्यहरूले धारणा राख्दै

Bagmati Voice
संवाददाता
२ जेष्ठ २०८०, मंगलवार १०:१७ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । सोमवारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु भएको हो ।

‘अध्यक्षज्यूले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भने । उनका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सोमवार प्रस्तुत गरेका प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको हिजो जनाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमासमेत विदेशी संलग्नता रहनुलाई राष्ट्रिय लज्जाको विषय भएको निष्कर्ष उनको थियो ।

प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा पुगेको जनाउँदै उनले सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहे पछि आफूहरूले सरकार छाड्नु पर्ने जानकारी केन्द्रीय समितिमा गराएका छन् ।

उनले वैदेशिक हस्तक्षेप र दलीय भ्रष्टाचारको विरुद्धमा निर्मम भएर उभिन पनि पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृत्तिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिङदेनले जनाएका छन् ।

अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि मंगलवार दिनभरि छलफल हुने प्रवक्ता लावतीले जानकारी दिए ।

२ जेष्ठ २०८०, मंगलवार १०:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading