
काठमाडौं । संसदीय समितिमा आज १० वटा समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे, ११ बजे र १ बजे बस्नेछ ।
आज अर्थ समितिको बैठक बिहान ९ बजे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बिहान ९ बजे, उद्योग तथा वाणिज्य र श्रम तथा
उपभोक्ता हित समिति बिहान ९ बजे, कानून, न्याय तथा मानव अधिकार समिति बिहान
९ बजे, राज्य व्यवस्था तथा सुशासन समिति बिहान ९ बजे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बिहान ९ बजे बस्ने तय भएको छ ।
यस्तै, सार्वजनिक लेखा समिति बिहान ९ बजे, दिगो विकास तथा सुशासन समिति बिहान ११ बजे र विधायन व्यवस्थापन समिति दिनको १ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समिति बिहान ११ बजेबाट शुरु हुनेछ ।