वि.सं.२०८३ वैशाख ७ सोमवार

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँट

khanepani

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँट भएको छ । गालाप्रथाद्धारा भएको बाँडफाँटमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट लिमिटेडले कार्यालय हात्तिसारमा गोलाप्रथाद्धारा बाँडफाँट गरेको हो । रितपूर्वक आवेदन दिएका र योग्य भएका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई आईपीओमा सहभागी गराइएको थियो ।

त्यसमध्ये ३७ हजार ५०० जनालाई शेयर परेको हो । कम्पनीले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म आवेदन दिन सक्ने गरी आईपीओ खुलाएको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई राखेको थियो ।

ranechhap