03, Oct, 2024

नक्कली शरणार्थी प्रकरणबारे संसदबाट खेद प्रस्ताव पारित गर्न रास्वपाको प्रस्ताव

Bagmati Voice
संवाददाता
१ जेष्ठ २०८०, सोमबार १४:२८ | १ साल अगाडी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा संसदबाट खेद प्रस्ताव पारित गर्न प्रस्ताव राखेको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो प्रकरणले नेपाली राजनीतिकलाई लज्जित बनाएको बताए।

‘नेपाल राष्ट्रको लागि सम्माननीय सभामुख मार्फत नेपाल सरकारलाई यो घटनाप्रति लज्जावोध गरेर खेद प्रस्ताव पारित गर्न अनुरोध गर्न चाहन्छु’ प्रमुख सचेतक परियारले प्रस्ताव राखे।

रास्वपाले नेपालमा भ्रष्टाचार ब्याप्त रहेको उठाउँदै आएको र रास्वपाले विगतमा उठाएको विषयलाई नक्कली भुटानी प्रकरणले पुष्टि गरेको उनको भनाइ छ। नेपालमा भ्रष्टाचार कति रहेछ भन्न यो प्रकरणले सार्वजनिक गरेको परियारले बताए ।

साथसाथै, यो घटनाको अनुसन्धान कहाँ पुगेको छ त्यसबारे सदनलाई जानकारी गराउन रास्वपाका प्रमुख सचेतक परियारले गृहमन्त्रीसँग माग गरेका छन् ।

१ जेष्ठ २०८०, सोमबार १४:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading