29, May, 2024

माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को लागि आवेदन खुला

Bagmati Voice
संवाददाता
३१ बैशाख २०८०, आईतवार ०९:२९ | १ साल अगाडी

काठमाडौं । माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ ।

शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

थप जानकारी आयोगको वेबसाइट www.tsc.gov.np बाट लिन सकिनेछ ।

३१ बैशाख २०८०, आईतवार ०९:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading