काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य ८ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेर प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमा झरेको छ ।
प्रति तोला ५५ रूपैयाँले घटेर चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।