16, Jul, 2024

जीवनपद्धति र संस्कृतिका रूपमा आत्मसाथ गर्न सक्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

Bagmati Voice
संवाददाता
२८ बैशाख २०८०, बिहीबार १३:३२ | १ साल अगाडी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानलाई एक दुई दिने अध्यासका रूपमा नलिई जीवनपद्धति र संस्कृतिका रूपमा आत्मसाथ गर्नुपर्ने बताएका छन् ।

एपीएफ रंगशालमा योग विज्ञान शिविरमा सहभागी हुँदै उनले योगले समाजलाई सकारात्मक रूपमा रूपान्तरण गरी आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो प्रभाव तथा परिणाम ल्याउन र मानव स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने बताए ।

योग आफैमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएकाले वैज्ञानिक र व्यवहारिक रहेको जसले आत्म अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जिउन प्रेरित गर्ने उनले बताए ।

श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत गृह प्रशासन तथा सुरक्षा निकायहरूमा योग र ध्यानलाई नियमित गर्ने गरी योग शिविरहरू सञ्चालन गर्नुका साथै यसलाई नियमित प्रशिक्षण तथा अभ्यासका रूपमा अगाडी बढाइने समेत बताए ।

कार्यक्रममा गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपाल पूर्व संघका पदाधिकारीहरू, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरू, सशस्त्र प्रहरी बलका अधिकृत लगायत बिल्लादार जवानहरू समेत योग अभ्यासमा सहभागी भएका थिए ।

२८ बैशाख २०८०, बिहीबार १३:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading