25, Sep, 2023

आज बिहीबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा गिरावट

बागमती भ्वाइस न्युजडेस्क
२८ बैशाख २०८०, बिहीबार ११:१५ | ४ महिना अगाडी

काठमाडौं । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बिहीबार छापावाल सुन तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा स्थिर रहेको छ । त्यस्तै तेजाबी सुन पनि तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा यथावत् रहेको छ ।

अघिल्लो दिन बुधवार प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँ कायम भएको छ ।

२८ बैशाख २०८०, बिहीबार ११:१५ मा प्रकाशित