22, Sep, 2023

दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

बागमती भ्वाइस न्युजडेस्क
२८ बैशाख २०८०, बिहीबार ०९:२४ | ४ महिना अगाडी

काठमाडौं ।दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।

कायस्थको आज (बिहीबार) अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

२८ बैशाख २०८०, बिहीबार ०९:२४ मा प्रकाशित