बनेपा । दोस्रो जनआन्दोलनमा घाइते भई उपचाररत काभ्रेका मुकेश कायस्थको निधन भएको छ ।
‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधवार साँझ निधन भएको हो । ३२ वर्षको उमेरमा उनको ७ः३० बजे निधन भएको हो ।
२०६२र६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ वर्षीया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो ।
त्यसपछि निरन्तर अस्पतालमा रहँदै आएका मुकेश पछिल्लो समयमा भने स्वास्थ्यमा सुधार हुँदै आएको थियो । उनी पछिल्लो समयमा हाँस्न, इशारा गर्ने र ह्विल चेयरमा बस्न सुरु गरेका थिए ।
आज उनको अन्त्येष्टि गरिने कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिएका छन् ।