16, Jul, 2024

संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

Bagmati Voice
संवाददाता
२७ बैशाख २०८०, बुधबार १६:०२ | १ साल अगाडी

काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा प्राप्त भएको हो ।

रायमाझीले बिरामी परेकाले बिदा जनाइदिन आग्रह गरेर पत्र पठाएको स्रोतले बतायो ।

पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।

२७ बैशाख २०८०, बुधबार १६:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading