25, Sep, 2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ

बागमती भ्वाइस न्युजडेस्क
२६ बैशाख २०८०, मंगलवार १९:५९ | ४ महिना अगाडी

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा थप २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२६ बैशाख २०८०, मंगलवार १९:५९ मा प्रकाशित