29, May, 2024

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सरकारी निवास बालुवाटार के विषयमा भयो कुराकानी ?

Bagmati Voice
संवाददाता
२६ बैशाख २०८०, मंगलवार १३:१४ | १ साल अगाडी

काठमाडौं । तीन दलका शीर्ष नेताबीच करिब दुई घण्टा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो।

आजको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

उनले भने, ‘संक्रमणकालीन न्यायसँग जोडिएको सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक, नागरिकता विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको छ।’

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली थिए।

संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्त्वपूर्ण र सकारात्मक छलफल भएको बताइएको छ।

२६ बैशाख २०८०, मंगलवार १३:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading