24, Jun, 2024

शेयर चलखेल गरेको अभियोगमा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

Bagmati Voice
संवाददाता
२६ बैशाख २०८०, मंगलवार ११:५८ | १ साल अगाडी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रधानले जालसाजीयुक्त कारोबार गरेको ठहर गर्दै सेवोनले मुद्दा दायर गरेको हो ।

प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको शेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेर जालसाजीयुक्त कारोबार गरेको सेवोनको ठहर छ । प्रधान आफूले अध्यक्ष भएको पदबाट हटेको एक वर्ष पूरा नभएसम्म नियमविपरीत श्रीमतीलाई घरायसी नामसारी गराई सो शेयर दोस्रो बजारमा श्रीमतीको माध्यमबाट बिक्री गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

ज्ञानेन्द्रसँग १ देखि ३ लाख रूपैयाँसम्म जरिवाना वा २ वर्ष कैद वा दुवै सजाय गर्न माग गरिएको सेवोनका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।

२६ बैशाख २०८०, मंगलवार ११:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading