16, Jul, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

Bagmati Voice
संवाददाता
२५ बैशाख २०८०, सोमबार १५:५६ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो ।

व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो ।

उनले आफूलाई फसाउन षड्यन्त्र भएको भन्दै अदालतबाट क्लिन चिट लिएर आउने दाबी गर्दै रिट दायर गरेका थिए । रास्वपाले गरेको कारबाही सदर गर्दै सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको संसदमा जानकारी गराइसकेका छन् ।

२५ बैशाख २०८०, सोमबार १५:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading