04, Oct, 2023

साताको दोस्रो दिन सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बागमती भ्वाइस न्युजडेस्क
२५ बैशाख २०८०, सोमबार ११:३० | ४ महिना अगाडी

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा तिन सय रुपैयाँले बढेर एक लाख १० हजार नौ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै एक लाख १० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन आज तोलामा एक लाख १० हजार तिन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा स्थिर रहेको छ ।

२५ बैशाख २०८०, सोमबार ११:३० मा प्रकाशित