
काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।
उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो ।
भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछिमात्रै काठमाडौंतर्फ उडेको थियो ।
करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो ।