25, Sep, 2023

आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार हटाउँदै

बागमती भ्वाइस न्युजडेस्क
२५ बैशाख २०८०, सोमबार ०७:४८ | ४ महिना अगाडी

काठमाडौं। आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु गरिँदैछ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

२५ बैशाख २०८०, सोमबार ०७:४८ मा प्रकाशित