04, Oct, 2023

आर्मीसँगको बराबरीले टर्‍यो संकटाको संकट

बागमती भ्वाइस न्युजडेस्क
२४ बैशाख २०८०, आईतवार १८:५७ | ४ महिना अगाडी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले १–१ को बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले रेलिगेसन जोनमा रहेको संकटासँग लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्यो ।

खेलको १८ औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो । भरतले यस सिजनको लिगमा आफ्नो पहिलो गोल गरेका हुन् ।

जिततर्फ अग्रसर आर्मीले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल खान पुग्यो ।

संकटाका लेबनानी फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए ।

यो बराबरीपछि रेलिगेशन जोनमा रहेको संकटाले १५ खेलबाट १७ अंक जोड्दै रेलिगेसन जोनबाट माथि उक्लिएर १० औं स्थानमा पुगेको छ ।

आर्मीले समान खेलबाट २१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

२४ बैशाख २०८०, आईतवार १८:५७ मा प्रकाशित