04, Oct, 2023

एपीएफलाई पराजित गर्दै मछिन्द्र चौथो स्थानमा उक्लियो

बागमती भ्वाइस न्युजडेस्क
२४ बैशाख २०८०, आईतवार १८:२१ | ४ महिना अगाडी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले एपीएफलाई २–१ ले पराजित गरेको छ । खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा एपीएफ पराजित भयो ।

मछिन्द्रलाई जिताउन ओवावाले अफिजले इन्जुरी समयमा निर्णायक गोल गरे ।

यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ३६ औं मिनेटमा बिक्किी तामाङको क्रसलाई अमान बिडोमले गोल गर्दै अग्रता लिएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले फ्रि किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

१–१ को बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा अफिजले गोल गर्दै मछिन्द्रलाई महत्वपुर्ण तीन अंक दिलाए ।

लगातार २ जितसँगै मछिन्द्र उपाधि होडमा फर्किएको छ । पछिल्ला खेलमा सातदोबाटो युथ क्लब र थ्री स्टारसँग बराबरी खेलेको मछिन्द्रले यसअघि संकटलाई हराएको थियो ।

जितसँगै मछिन्द्र १५ खेलबाट २४ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । एपीएफ भने समान खेलबाट १९ अंक साथ नवौं स्थानमा झरेको छ ।

२४ बैशाख २०८०, आईतवार १८:२१ मा प्रकाशित