24, Jun, 2024

सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्ने आरजु राणाको प्रस्ताव

Bagmati Voice
संवाददाता
२४ बैशाख २०८०, आईतवार १७:१२ | १ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद अरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्ने प्रस्ताव गरेकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस्’ उनले थपेकी छन्, ‘कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’

आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।

२४ बैशाख २०८०, आईतवार १७:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading