वि.सं.२०८३ असार १५ सोमवार

सरकारलाई प्रेम सुवालको प्रश्न : शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउनेहरु को को हुन ?

khanepani

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु को को हुन त्यसबारे सरकारसँग जानकारी माग गरेका छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको उल्लेख गर्दै उनले संसद बैठकमा भने, ‘८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ? यी सबै विषयमा छानबिन हुनुपर्‍यो।’

ranechhap