16, Jul, 2024

आफ्नै दिदी हत्या आरोपमा दोलखामा युवक पक्राउ

Bagmati Voice
संवाददाता
२३ बैशाख २०८०, शनिबार १७:४९ | १ साल अगाडी

काठमाडौं । दोलखामा आफ्नै दिदी हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मेलुङ गाउँपालिका-१ पोवटीका २३ वर्षका रामभरत भुजेल आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ परेका हुन् ।

३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२३ बैशाख २०८०, शनिबार १७:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading