
एजेन्सी । शुक्रबार पनि अमेरिकी डलरको भाउ घटेको छ।
गत सोमबारदेखि स्थिर रहेको डलरको भाउ बिहीबार र शुक्रबार घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ३ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८ पैसा पाइन्छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९६ रूपैयाँ ३५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ १५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ५५ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रूपैयाँ १३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ८८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ३३ पैसा र बिक्रीमा २९ रूपैयाँ ४६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ९४ पैसा तोकिएको छ।