22, Sep, 2023

मंसिर २८ देखि फागुन मसान्तसम्मका खरिदार सरुवा र पदस्थापन रद्द

बागमती भ्वाइस न्युजडेस्क
२१ बैशाख २०८०, बिहीबार १७:०८ | ४ महिना अगाडी

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मंसिर अन्तिम सातादेखि फागुन ३० सम्म गरिएका खरिदारको सरुवा रद्ध गरेको छ ।

सहमतिविना विभिन्न मन्त्रालयबाट गरिएको सरुवाले लामो समयसम्म दुर्गममा बसेका कर्मचारीको बढुवामा असर परेको भन्दै उजुरी प्राप्त भएको भन्दै सामान्यले केही निर्णय गर्दै बढुवा समितिको सचिवालय र मन्त्रालय, आयोगलगायत सबै कार्यालयमा परिपत्र गरेको छ ।

यसअघि बढुवाका लागि मात्र दुर्गम स्थानमा जाने प्रवृत्ति बढेपछि मन्त्रालयले मंसिर २८ देखि फागुन मसान्तसम्मका लागि सरुवा सहमति स्थगित गरिएको थियो ।

तर, यो बीचमा सहमतिविना तै सरुवा गरिएको भन्दै सामान्यले मंसिर २८ देखि फागुन ३० सम्मको सरुवा-पदस्थापन रोकेको छ । साथै त्यस अवधिमा लोक सेवा आयोगबाट प्रकाशित विज्ञापनबमोजिम नायब सुब्बामा बढुवाका लागि सम्भावित उम्मेदवारको सूचीमा समावेश नगर्नसमेत सामान्यले ध्यानाकर्षण गराएको छ ।

२१ बैशाख २०८०, बिहीबार १७:०८ मा प्रकाशित