04, Oct, 2023

चोर बाटो प्रयोग गरेर बढाइयो डाक्टरको शुल्क

बागमती भ्वाइस न्युजडेस्क
२० बैशाख २०८०, बुधबार १८:२७ | ५ महिना अगाडी

काठमाडौं । चिकित्सकहरूले निजी अस्पतालहरूसँग मिलेर शनिबार (१६ वैशाखमा) निर्णय गरे-आगामी जेठ १ गतेदेखि लागू हुने गरी ओपीडी शुल्क बढाउने ।

नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को निर्णय अनुसार डाक्टरहरूले आफ्नो तह र अनुभवका आधारमा निजी अस्पताल वा क्लिनिकमा बिरामी जाँच शुल्क भनेर न्यूनतम ४२० देखि ९२० रुपैयाँसम्म लिन पाउने छन् ।

यसमा निजी अस्पतालहरूले आफ्नो स्तर र सेवा अनुसार २० प्रतिशतसम्म बढाएर शुल्क लिन पनि पाउँछन् । अर्थात् ओपीडी शुल्क ११०० रुपैयाँसम्म पर्न सक्छ ।

२० बैशाख २०८०, बुधबार १८:२७ मा प्रकाशित