16, Jul, 2024

शेर्पासँग हारेपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

Bagmati Voice
संवाददाता
२० बैशाख २०८०, बुधबार १८:०४ | १ साल अगाडी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले हिमालयन शेर्पासँग १–० को हार ब्यहोरेको छ ।

च्यासल मैदानमा बुधबारै भएको खेलको ६५औं मनेटमा विदेशी खेलाडी खामिर गिल्सानले गरेको गोल शेर्पाको जितमा निर्णायक रह्यो । यो हारपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

सातदोवाटो १४ खेलबाट २२ अंकसहित चौथो स्थानमा छ । शेर्पाका लागि भने यो जितले ठूलो अर्थ राखेको छ ।

१४ खेलबाट १७ अंक बनाएको शेर्पाले ६ स्थान उक्लिएर आठौं स्थानमा पुगेको छ । उसले रेलिगेसन क्षेत्रसमेत छाडेको छ ।

२० बैशाख २०८०, बुधबार १८:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading