25, Sep, 2023

वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस

बागमती भ्वाइस न्युजडेस्क
२० बैशाख २०८०, बुधबार १२:२९ | ४ महिना अगाडी

काठमाडौ । काठमाडौ सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने छन्।

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।

२० बैशाख २०८०, बुधबार १२:२९ मा प्रकाशित