25, Sep, 2023

एसिया कपमा छनोट भएकामा राष्ट्रपतिले दिए खेलाडीलाई बधाई

बागमती भ्वाइस न्युजडेस्क
१९ बैशाख २०८०, मंगलवार १७:४२ | ४ महिना अगाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एसिया कप क्रिकेटमा छनोट भएकामा खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई बधाई दिएका छन् ।

मंगलबार अपरान्ह एक बधाई सन्देश जारी गरी उनले युनाइटेड अरब इमिरेट्सलाई हराएर एसीसी प्रिमियर कपको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई दिएका हुन् ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै एसिया कपमा छनोट भएको थियो ।

राष्ट्रपतिले भनेका छन्, ‘खेलको क्रममा नेपाली खेलाडीहरुले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’

राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरुले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले आगामी प्रतियोगिताहरुको लागि पनि शुभकामना दिएका छन् ।

१९ बैशाख २०८०, मंगलवार १७:४२ मा प्रकाशित