24, Jun, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक उपचारका क्रममा निधन

Bagmati Voice
संवाददाता
१९ बैशाख २०८०, मंगलवार १५:१८ | १ साल अगाडी

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ।

घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।

आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।

वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए। उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो।

१९ बैशाख २०८०, मंगलवार १५:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading