04, Oct, 2023

मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले गरे पक्राउ

बागमती भ्वाइस न्युजडेस्क
१९ बैशाख २०८०, मंगलवार १४:२५ | ५ महिना अगाडी

काठमाडौं। मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका-२ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायक-५ जगातिबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ ।

उनले २०७९ साल पुस १२ गते मुस्ताङ बारागुङ गाझ्यालबाट स्थित छिरिङ खाजा घरको १ व८ामा प्रवेश गरी ५ लाख चोरी गरी फरार रहेको प्रहरीको आरोप छ ।

१९ बैशाख २०८०, मंगलवार १४:२५ मा प्रकाशित