29, May, 2024

विजेता नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

Bagmati Voice
संवाददाता
१९ बैशाख २०८०, मंगलवार १२:२८ | १ साल अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली टोलीलाई बधाई दिएका छन् ।

यूएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको राष्ट्रिय टोलीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले उच्च सम्मानसहित सरकारका तर्फबाट प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रचण्डले खेलाडीहरूको हौसला बढाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई टीयू क्रिकेट मैदान पठाएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै मैदानमै जितको खुसी साटेका छन् ।

१९ बैशाख २०८०, मंगलवार १२:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading