25, Sep, 2023

पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालन

बागमती भ्वाइस न्युजडेस्क
१९ बैशाख २०८०, मंगलवार १०:४० | ४ महिना अगाडी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि सोमबारदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो ।

१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए । काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए । ठूला सवारी साधनहरू भने जाममा परेका छन् ।

नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डले नेपाली सेनाको सहयोग लिएर सडक मर्मत गरिरहेको छ ।

१९ बैशाख २०८०, मंगलवार १०:४० मा प्रकाशित