
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ ।
निगमका अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा तथा डिजेलमा ४ रुपैयाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो ।
डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित विधिबाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।