काठमाडौं । बारा २ मा भएको उपनिर्वाचनबाट विजयी भएका उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई सभामुख देवराज घिमिरेले शपथ गराउने छन् ।
यसअघि वैशाख १५ मा रास्वपाका सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका थिए ।









































