वि.सं.२०८३ असार ५ शुक्रवार

प्रधानमन्त्रीलाई माधवले भने, ‘भ्रष्टाचारविरुद्ध जान सक्नुभएन भने तपाईंमाथि पनि औंलो ठडिन्छ’

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन दिन आग्रह गरेका छन् ।

एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन गर्दै अहिले वामपन्थी र लोकतान्त्रिक शक्तिसहितको बनेपछि जनताले धेरै अपेक्षा राखेको बताए ।

उनले भने, ‘अहिले देशको राजनीति जुन हिसाबले अगाडि बढिरहेको छ। त्यसबाट जनताले आशा गरिरहेका छन् । मैले पनि प्रधानमन्त्रीसँग अस्ति मात्रै बसेर कुरा गरें । यदि तपाईंले राम्रो काम गर्नुभएन भने भ्रष्टाचारका विरुद्ध र जनतालाई सेवा सुविधा दिने कुरामा ध्यान गएन भने औंलो ठडिनेछ ।’

उपनिर्वाचनको नतिजाले ठुला दल झस्किनुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘अहिले दुई ठाउँको चुनावको परिणामले ठुला पार्टीलाई झस्काउनुपर्छ । सतर्क बनाउनुपर्छ । कमिकमजोरी कहाँ रह्यो खोजी गर्नुपर्छ हामीले पनि ।’

ranechhap