वि.सं.२०८३ असार १२ शुक्रवार

राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा सार्वजनिक, सरोकारवालाबाट राय सुझावको माग

khanepani

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा सार्वजनिक भएको छ । मन्त्रालयले नेपालको अर्थतन्त्रको माग अनुरूप गुणस्तरीय जनशक्ति विकासका लागि राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको हो ।

जनशक्ति विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नीति तथा मापदण्ड आवश्यक पर्ने भएकाले त्यसै अनुसार मापदण्डको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रवार नीतिको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट राय सुझाव माग गरेको छ ।

राष्ट्रिय जनशक्ति नीति तर्जुमा समन्वय समितिको निर्णयअनुसार आन्तरिक छलफल गर्नका लागि सरोकारवालाबाट राय सुझाव सङ्कलनका लागि मस्यौदा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले जानकारी दिए ।

उनका अनुसार यो नीतिले दक्ष जनशक्तिको पहिचान, जनशक्ति आपूर्ति, उत्पादन र त्यसलाई व्यवस्थित गर्न मापदण्डका आधार तयार गर्ने छ ।

राष्ट्रको दीर्घकालीन सोच, राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, दिगो विकास लक्ष्य, विषयगत मन्त्रालय तथा निकायका नीति, आवधिक योजनाका लक्ष्यलाई समेत सम्बोधन गर्ने गरी नीतिको मस्यौदा तयार गरिएको प्रवक्ता शर्माले बताए ।

जनशक्ति विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नीति तथा मापदण्ड आवश्यक पर्ने भन्दै मन्त्रालयले त्यसको लागि मस्यौदा तयार पारेको हो ।

नीतिले संघ, प्रदेश र स्थानीय तहको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन जनशक्ति विकास योजना निर्माण हुने, राष्ट्र निर्माणका लागि जनशक्तिको प्रक्षेपण भई माग र आपूर्तिबिच सन्तुलन कायम हुने, सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज, सरोकारवालालगायत सम्बद्ध पक्षको समन्वय र सहकार्य स्थापित हुने अपेक्षा गरिएको छ ।

ranechhap