वि.सं.२०८३ असार १५ सोमवार

शनिवार अपराह्न वर्षातसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु

khanepani

ओखलढुङ्गा । शनिवार अपराह्न वर्षातसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।

घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।

ranechhap