वि.सं.२०८३ असार १६ मंगलवार

अर्जेन्टिनाले चीनसँग कारोबार गर्दा डलर प्रयोग अन्त्य गर्दै

khanepani

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाले चीनसँगको व्यापारिक कारोबारमा डलरको प्रयोग अन्त्य गर्ने भएको छ। अर्जेन्टिनाका अर्थमन्त्री सेर्गिओ मासाले बुधबार यस्तो बताएका हुन् ।

रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार गत वर्ष चीन र अर्जेन्टिनाले गरेको ‘करेन्सी स्वाप’ सम्झौता अनुसार डलर कारोबार बन्द गरिने भएको हो। अर्जेन्टिनाको लागि ब्राजिल पछिको चीन दोश्रो ठूलो व्यापारिक साझेदार हो।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले केही हप्ता अगाडिको चीन भ्रमणमा डलर कारोबार कम हुनुपर्ने बताएका थिए । अर्जेन्टिना मात्रै होइन भारत, रूस लगायतका देशले दुई देशबीचको व्यापारमा डलर कारोबार अन्त्य गर्न थालेका छन् ।

ranechhap