वि.सं.२०८३ असार १७ बुधवार

संकटालाई चार गोल गर्दै सातदोबाटो तेस्रो स्थानमा उक्लियो

khanepani

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार सातदोबाटो युथ क्लबले संकटा क्लबमाथि सानदार जित हात पारेको छ ।

च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटालाई ४-० ले पराजित गरेको हो ।

सातदोबाटोका लागि विलियम ओपोकु र दिपकराज सिंह ठकुरीले २-२ गोल गरे ।

विलियमले १०औं र १८औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दिपकले ६८औं र ८२औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई सानदार जित दिलाए ।

सिजनको छैटौं जितपछि सातदोबाटो १२ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । पाँचौ हार बेहोरेको संकटा १२ खेलबाट १५ अंकसहित नवौँ स्थानमा छ ।

ranechhap