वि.सं.२०८३ असार १६ मंगलवार

बारा-२ मा मतान्तर घटाउँदै शिवचन्द्र, उपेन्द्र यादव २ हजार ६ सय मतले अगाडि

khanepani

बारा । बारा क्षेत्र नम्बर २ मा उपेन्द्र यादव र शिवचन्‍द्र कुशवाहाबीचको मतान्तर घट्दै गएको छ।

आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादीका उम्मेदवार यादवले अग्रता कायमै राखेका छन्। तर उनीसँग जनमत पार्टीका उम्मेदवार कुशवाहाले मतान्तर घटाइरहेका छन्।

महागढीमाई नगरपालिकाको मतगणना सुरू भएसँगै उनीहरूबीचको मतान्तर घटेको हो।

मंगलबार साँझ ७ बजेको मतपरिणाम अनुसार यादवले २० हजार ४६३ मत पाएका छन्। कुशवाहाले भने १७ हजार ७९८ मत पाएका छन्।

यादव कुशवाहाभन्दा २ हजार ६६५ मतले अगाडि छन्। यसअघि उनीहरूबीच ३ हजार ४१ मतान्तर थियो।

महागढीमाई नगरपालिकामा २१ हजार ६७६ मत खसेको थियो। यस क्षेत्रको मतगणना जारी छ।

पचरौता नगरपालिकाको मतगणना भने गर्न बाँकी छ। यस पालिकामा १३ हजार ५९९ मत खसेको थियो।

बारा-२ मा ६८ हजार ८८७ मत खसेको थियो।

ranechhap