वि.सं.२०८३ भदौ ११ बिहीवार

मतदातालाई प्रभावमा पार्न खोजेको आरोपमा बारामा चारजना पक्राउ

khanepani

जनकपुरधाम । उपनिर्वाचन भइरहेको बारा-२ को देवताल गाउँपालिका वडा नम्वर २ कल्याणपुरस्थित मतदानस्थल बाहिरबाट चारजना पक्राउ परेका छन् ।

मतदातालाई प्रभावमा पार्न खोज्ने क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । उनीहरू कुन पार्टीका कार्यकर्ता रहेको खुल्न सकेको छैन ।

मतदातालाई पैसा बाँड्दै हिँडेको आरोपमा उनीहरू पक्राउ परेको बताइएकव छ ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मतदानस्थल बाहिर हो हल्ला गर्ने ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

ranechhap