वि.सं.२०८३ असार १७ बुधवार

मेयर बालेन्द्र शाहविरुद्धको मुद्दा तीन दिनदेखि लगातार पेशीमा, आज पनि सुनुवाइ हुने सम्भावना कम

khanepani

काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार पनि पेशी चढेको छ । यसअघि लगातार दुई दिन पेशी चढे पनि हेर्न नभ्याइने भनेर स्थगित भएको थियो ।

बिहीबार प्रकाशमानसिंह राउतको इजलासमा पेशी परेको छ । मंगलबार हरिकृष्ण कार्की र बुधबार सुष्मलता माथेमाको इजलासमा पेशी चढेको थियो ।

राउतको इजलासमा बिहीबार सुनुवाइ हुन बाँकी पेशीको १२औं नम्बरमा काठमाडौं महानगरपालिकाविरुद्ध पदमबहादुर श्रेष्ठले दायर गरेको रिट रहेको छ । आफूलाई सहयोग नगरेको भन्दै मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए ।

ranechhap