काठमाडौं । अन्नपूर्ण हिमालको क्याम्प ३ बाट फर्कने क्रममा ६ हजार मिटरको खोचबाट खसेर बेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको जीवित उद्धार भएको छ ।
गत सोमबारदेखि बेपत्ता रहेका मालुलाई उद्धार टोलीले बिहीबार गम्भीर अवस्थामा जीवितै उद्धार गरेका उनका भाइले जनाएका छन् ।‘उनी जीवितनै फेला परेका छन्। उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, तर उनी अझै जीवित छन् ।’ भाई सुधिरको भनाई छ ।
हाल उनलाई उपचारका लागि अस्पताल लगिएको पनि उनको भनाई छ । मालू ८ हजर मिटर भन्दा माथिका सबै १४ हिमालहरु र र सबै सात महाद्वीपहरूका सात अग्ला हिमालहरु आरोहण गर्ने अभियानमा छन् ।









































